अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

ढकाललाई नेपाली घरको कार्यभार हस्तान्तरण

बिआरटीनेपाल २०७८ माघ २५ गते १७:१० मा प्रकाशित

कोलोराडो । नेपाली घरका पूर्व अध्यक्ष लछुमन रानाले गत आईतवार ब्रुमफिलको जाइका रेस्टुरेन्टमा नेपाली घरको अध्यक्ष पदको कार्यभार जगदिशचन्द्र ढकाललाई आगामी २ बर्से कार्यकालको लागी कार्यभार हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा निर्वाचन समितिका सदस्य कपिलदेव सुवेदीले नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको नाम पढेर सुनाएका थिए भने, अर्का निर्वाचन समितिका सदस्य भूषणलाल श्रेष्ठले निर्वाचित सबैलाई शपथ ग्रहण गराएका थिए ।

नयाँ निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष जगदीशचन्द्र ढकाल, उपाध्यक्षहरूमा क्रमशः वसन्त लम्साल, नवराज मरासिनी, सञ्जयसिंह केसी, महासचिव भोला कटुवाल, कोषाध्यक्ष राजु खनाल, पब्लिक रिलेसन अफिसर श्रीस कुँवर, कम्युनिकेसन अफिसर नातिबाबु भट्ट, कल्चर तथा इभेन्ट अफिसर आशिस कटुवाल, रिसोर्स तथा फेसीलीटी अफिसर अर्जुन केसी र महिला रिप्रेन्जेटिभ आरती न्यौपाने थापा रहेका छन् । बोर्ड अफ डारेक्टरहरुमा प्रमोद श्रेष्ठ, उत्तरा बराल, पुष्कर बस्नेत, कृष्ण काफ्ले, दीपक ढकाल, देभाश्री बस्याल र अमुदा मिश्र रहेका छन् ।

कार्यभार हस्तान्तरण पछि कार्यक्रममा डा. विजयराज शर्मा, रकी माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष टिका पौडेल, एनआरएन अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्थ, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका महासचिव किरण अधिकारी तथा मगर सङ्घ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमका सभापति एवं निवर्तमान अध्यक्ष लछुमन रानाले नेपाली सामुदायिक भवन खरिद प्रक्रियामा हालसम्म भएको प्रगति विवरण प्रस्तुत गर्दै, सामुदायिक भवन खरिद प्रकृयालाई यहाँसम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । साथै उनले संस्थाको विधानमा रहेर निर्वाचन सफलताको साथ सम्पन्न गरेकोमा निर्वाचन समितिलाई पनि धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा संस्थाको सल्लाहकार समितिका सदस्यहरू पुरुषोत्तम पाण्डे, रामप्रसाद श्रेष्ठ, टिका सिटौला, राजेन्द्र शर्मा र समाजसेवी डा.विजयराज शर्माबाट संयुक्त रूपमा निर्वाचन समितिका सबै सदस्यहरूलाई कदर पत्र प्रदान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष जगदीशचन्द्र ढकालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सबैको साथ र सहयोगका साथ नेपालीहरूको आस्थाको केन्द्र नेपाली सामुदायिक भवनले छिटै मूर्तरूप पाउने विश्वास दिलाएका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार राजेन्द्र शर्माले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम पूर्व महासचिव तथा उपाध्यक्ष वसन्त लम्सालले संन्चालन गरेका थिए ।

फोटो: नातिबाबु भट्ट

प्रतिक्रिया