अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

बोल्डर काउन्टीको आगजनी सहायताले ६ करोड १८ लाख डलर नाघ्यो

बिआरटीनेपाल २०७८ माघ १८ गते १९:३५ मा प्रकाशित

डेनभर – राष्ट्रपति बाइडेनले कोलोराडोमा मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीको क्षतिका लागि ठुलो विपत्ति घोषणा अनुमोदन गरेयताका चार सातामा, सङ्घीय निकायहरूले जनवरी २७, २०२२ सम्म पुनः निर्माणमा सहयोग गर्न ६ करोड १८ लाख डलरभन्दा बढी अनुदान र ऋण उपलब्ध गराएका छन् ।

सङ्घीय बिमा तथा न्यूनीकरण प्रशासन (फीमा) क्षेत्र ८ समाचार शाखाका अनुसार जनवरी २७ सम्ममा बोल्डर काउन्टीमा जम्मा २ हजार ८ सय २५ जनाले फीमामा सहायताका लागि निवेदन दिनुभएको छ । फीमाले व्यक्ति र घरपरिवार कार्यक्रममार्फत ८ लाख ५७ हजार १ सय ६८ डलर २८ सेन्ट्स स्वीकृत गरेको छ, जसमा ७ लाख ९ हजार ३ सय २८ डलर १४ सेन्ट्स घर मरम्मत र भाडा खर्चका लागि आवास सहायता, र १ लाख ४७ हजार ८ सय ४० डलर १४ सेन्ट्स निजी जेथाको मरम्मत वा प्रतिस्थापन, सवारी-साधन मरम्मत वा प्रतिस्थापन, बसाइँ-सराइ खर्च र अरू विपत्तिसम्बन्धी खाँचोहरू पूरा गर्ने अरू आवश्यक सहायताका लागि छन् ।

यसबाहेक, अमेरिकी साना व्यवसाय प्रशासनले घरधनी, भाडावाला र व्यवसायहरूका लागि कम ब्याजको विपत्ति ऋणका लागि ६ करोड ९ लाख ९६ हजार ८ सय डलर स्वीकृत गरेको छ ।

सन् २०२१ को अन्तिम दिनहरूमा भएको उक्त डढेलोमा नेपालीका दुईसहित करिब १ हजार घरहरू नष्ट भएका थिए ।

 

प्रतिक्रिया