अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

इङ्ग्ल्यान्डसँगकाे टी–२० शृङ्खला वेस्ट इन्डिजलाई, होल्डरले लिए ४ बलमा ४ विकेट

बिआरटीनेपाल २०७८ माघ १७ गते ६:०२ मा प्रकाशित

इङ्ग्ल्यान्डसँगको पाँच खेलको टी–२० शृङ्खला घरेलु टोली वेस्ट इन्डिजले जितेको छ । ब्रिजटाउनमा साेमवार बिहान सकिएको पाँचौँ तथा अन्तिम खेल १७ रनले जितेसँगै वेस्ट इन्डिजले तीन–दुईले शृङ्खला जितेको हो । वेस्ट इन्डिजले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६२ रन मात्रै बनायो । वेस्ट इन्डिजका जेसन होल्डरले १९ औँ ओभरमा नाटकीय रूपमा चार बलमा चार विकेट लिएपछि विजय नजिकै पुगेको इङ्ग्ल्यान्ड हार बेहोर्न बाध्य भयो ।

होल्डरले १९ ओभर २ बलदेखि ५ बलसम्म लगातार विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने होल्डर पहिलो खेलाडी बनेका छन् । वेस्ट इन्डिजकै अकिल होसेनले चार विकेट लिए । इङ्ग्ल्यान्डका लागि जेम्स भिन्सले ५५ र साम बिलिङ्सले ४१ रन बनाए पनि टाेलीलाई जिताउन सकेनन् ।  यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले कायरन पोलार्डको नटआउट ४१ रन र रोभम्यान पावेलको ३५ रन मदतमा एक सय ७९ रन बनाएको थियो । पोलार्ड र पावेलको जोडीले अन्तिम चार ओभरमा ६६ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू