अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

महिला भलिबल टाेलीले आउँदाे शुक्रवार पुरस्कार पाउँदै

बिआरटीनेपाल २०७८ माघ १७ गते ५:५८ मा प्रकाशित

सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आउँदाे शुक्रवार बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ ।  बङंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्व कपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा गएकाे पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदर गर्दै पुरस्कार र सम्मान प्रदान गर्न लागेको हो ।

त्याे च्यालेन्ज कपका १२ खेलाडीलाई जनही पाँच लाख तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन–तीन लाख तथा टोली व्यवस्थापकलाई दुई लाख रुपैयाँ प्रदान गर्ने कार्यक्रम छ । टोलीमा खेलाडीहरू अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए । टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू