अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

मैत्रीपुर्ण खेलमा एक दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय सफलता,मौरिसस १-० गोल अन्तरले पराजित

बिआरटीनेपाल २०७८ माघ १५ गते ६:०१ मा प्रकाशित

लामो विश्रामपछि मैदान फर्किएका विमल घर्ती मगरको एक गोलको योगदानमा नेपाललले मौरिससविरुद्ध पहिलो खेलमा जित दर्ता गरेको छ । विमलको यो ४० महिनापछिको पहिलो अन्तर्राष्ट्रिय गोल हो । उनले दोस्रो हाफमा गरेको गोलसँगै नेपालले मौरिसससँगको पहिलो मैत्रीपुर्ण खेलमा १–० को जित निकालेको हो ।

दशरथ रंगशालामा भएको खेलको ५५ औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा गोल गरेका थिए । त्यही गोल नेपालको जितका लागि पर्याप्त रह्यो ।  नेपालले एक दशपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा जित निकालेको हो । सन् २०११ देखि नेपालले कुनै अन्तर्राष्ट्रिय खेलमा जित्न सकेको थिएन ।  दोस्रो खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू