अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

पेनाल्टीमा मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

बिआरटीनेपाल २०७८ माघ १५ गते ४:५९ मा प्रकाशित

पेनाल्टीमा मनाङलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५–४ गोलले हराउँदै एपीएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । यसअघि खेलको निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू