अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

अत्यधिक हिमपातका कारण ग्रीसका सडकमा फसेकाहरुको उद्धार

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:२५ मा प्रकाशित

ग्रीसको मोटरवेमा हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धार गरिएको छ । ग्रीसको राजधानी एथेन्सको मोटरवेमा बिगत २४ घण्टादेखि हिमपातमा फसेका हजारौं सवारीसाधनको उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो ।

ती सवारीसाधनमा कम्तीमा पनि ३५ सय बढी मानिस रातभर सडकमा बस्न बाध्य भएका थिए । ग्रीसकै एथेन्समा फसेको एक रेलका यात्रुहरुलाई उद्धार गर्ने क्रममा १५ जना घाइते भएका छन् ।

ग्रीसमा पछिल्लो समय भारी वर्षापछि आएको एल्पिडा आँधी र भारी हिमपातका कारण बिजुली आपूर्ति समेत बन्द हुँदा हजारौं नागरिक प्रभावित भएका छन् । यसैबीच ग्रीसमा आँधीले पुर्‍याउन सक्ने भन्दै आज सार्वजनिक बिदा दिएको छ ।

ग्रीस भरिका सम्पूर्ण व्यापार व्यवसाय र पठन पाठन समेत बन्द गरिएको छ । ग्रीसमा वर्षा जारी रहेकै कारण आँधी र हिमपात अझै केही दिन रहने मौसमविद्हरुले बताएका छन् । ग्रीस हाल कठिन अवस्थामा पुगेको भन्दै त्यहाँका सर्वसाधारणलाई सचेत रहन अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू