अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

कोलोराडोमा माघे संक्रान्ति

बिआरटीनेपाल २०७८ पुष १ गते १६:२९ मा प्रकाशित

जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौँ हाम्रो मातृभूमिलाई, जोगाइ राखौँ युगौँ युग, हाम्रो मौलिक कला र संस्कृतिलाई” भन्ने मूल नाराका साथ विगतका वर्षहरूमा जस्तै कोलोराडोका मगर समुदायले राष्ट्रिय पर्व (माघे सक्रान्ति २०२२) को अवसरमा यस वर्ष पनि मगर सङ्घ अमेरिका, कोलोराडो च्याप्टरले राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको साथमा प्रत्यक्ष लाइभ दोहोरी र कौराका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

यो पर्वलाई नयां वर्षको रूपमा पनि लिने गरिन्छ । यही जनवरी १५ तारिख शनिवारको दिन साँझ ५ बजे देखि १० बजे सम्म वेष्टमिनिस्टरमा गरिने भएको छ । उक्त कार्यक्रममा विशेष गरी माघे संक्रान्तिमा खाइने परिकारहरू सेल रोटी, बारा, तरुल आदि समावेश गरिएको छ भने झन्डै २५० जना दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको सांस्कृतिक कार्यक्रमका संयोजक टेक थापा मगरले बिआरटी नेपाललाई जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा पप तथा आधुनिक गायक दिपेशकिशोर भट्टराई, लोक तथा दोहोरी गायिका सङ्गीता थापा मगर, चर्चित अभिनेता डाइरेक्टर बव्वु थापा, पप तथा आधुनिक गायिका शशि रावल र लोक तथा दोहोरी गायक रुपेश न्यौपाने लगायत अन्य कलाकारहरूको दमदार प्रस्तुतिहरु रहने छ । कार्यक्रममा प्रवेश शुल्क २० डलर प्रति व्यक्ति राखिएको छ ।

कार्यक्रम हुने स्थान:
Yak and Yati Event Centre
8659 Sheridan Blvd,
Westminster Co 80003
Time:5-10PM

प्रतिक्रिया