अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

नेपालमा ३१५ जना कोरोना सङ्क्रमित थपिए, ३०४ जना निको

बिआरटीनेपाल २०७८ मंसिर २१ गते ६:११ मा प्रकाशित

नेपालमा थप ३ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ८ सय १० जनाको नमूना परीक्षण गर्दा ३ सय १५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ सय ४ जना सङ्क्रमित निको हुँदा दुई जनाको भने मृत्यु भएको छ ।

अझै पनि ६ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये ६ हजार १३ जना होम आइसोलेशनमा र ३ सय ३९ जना संस्थागत आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू