अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

नेपालले आफ्नो देशविरुद्ध मत जाहेर गरेको भन्दै इजरायली राजदूतको असन्तुष्टि

बिआरटीनेपाल २०७८ मंसिर २० गते ६:३३ मा प्रकाशित

नेपालले संयुक्त राष्ट्रसंघमा इजरायलको विरुद्ध मत जाहेर गरेकोमा नेपालस्थित इजरायली राजदूत हनान गोदरले असन्तुष्टि व्यक्त गर्नुुभएको छ । राजदूत गोदरले दक्षिण एसियामा नेपालले सबैभन्दा पहिलो स्वतन्त्र राष्ट्रको मान्यता दिएर पनि राष्ट्रसंघमा इजरायल विरुद्ध मत जाहेर गरेकोमा आपति जनाउनुभयो ।

नेपालले इजरायललाई समर्थन गर्न नसके मित्र मुलुक सम्झेर मतदानमा अनुपस्थितमात्र हुँदा पनि आफ्नो मुलुकलाई ठूलो सहयोग हुने उहाँको भनाइ छ । सन् १९६० जुनमा दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएसँगै सन् १९६१ मा काठमाडौंमा राजदूतावास स्थापना भएको थियो ।

प्रतिक्रिया