अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवाद बढ्दै, सर्वोच्च अदालतको इजलास प्रभावित

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ७:१० मा प्रकाशित

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवाद बढ्दै जाँदा सर्वोच्च अदालतको इजलास प्रभावित हुँदै गएको छ । न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आचरण विपरित काम गरेको आरोप लगाउँदै राजीनामा दिन माग गर्दै आएका छन् ।

प्रधानन्यायधीश जवराको राजीनामा आइनसकेको अवस्थामा न्यायाधीशहरुले इजलास अबरुद्ध पार्दै आएका छन् । प्रधानन्यायाधीश जबराले आज ७ वटा संयुक्त र एउटा एकल इजलास तोक्नुभएको थियो । तर कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । आज प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँलाइ राजीनामा दिन फेरि पनि आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ फर्काउनुभएको छ ।

प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादका कारण सर्वोच्च अदालतको इजलास थप प्रभावित हुने देखिएको छ । यसबारेमा थप छलफल गरि भोली आवश्यक निर्णय लिइने न्यायाधिशहरुले बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले हिजोदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू