अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

हाइटीमा अमेरिकी मिसनका प्रतिनिधिहरु अपहरणमा

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:५४ मा प्रकाशित

हाइटीमा अमेरिका र क्यानडाका विभिन्न मिसनका प्रतिनिधिहरु अपहरणमा परेका छन् ।क्रिश्चियन एड मिसिस्टीज संगठनका अनुसार अमेरिका र क्यानडाका १६ जना नागरिक हाइटीमा अपहरणमा परेको बताइएको छ ।

तीमध्ये पाँच बालबालिका, सात महिला र पाँच पुरुष रहेको अन्तर्राष्टिय समाचार संस्थाहरुले जनाएका छन् ।हाइटीका सुरक्षा अधिकारीहरुले अपहराणकारीको खोजी जारी रहेको जनाएका छन् । स्थानीय विद्रोही समह सो घटनामा संलग्न रहेको त्यहाँको सरकारले आशंका गरेको छ ।

मिशन राजधानी पोर्ट औ प्रिन्सको उत्तरी क्षेत्रमा यात्रा गरिरहेको बेलामा अपहरणमा परेको बताइएको छ । हाइटीमा पछिल्लो समय अपहरणका घटना बढ्दै गएका छन् । गत जनवरीदेखि ६ सय भन्दा बढी अपहरणमा परिसकेको छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू