अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आउँछ – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:१२ मा प्रकाशित

अर्थ मन्त्रालयमा नयाँ सरकारी सवारी साधन खरिदका लागि दिनदिनै माग आइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा नयाँ गाडी खरिदको माग बढ्न थालेकाले पुराना सरकारी सवारी साधनको सूची मागेको उहाँले बताउनुभयो ।

‘सरकारी सम्पत्ति कति छ थाहा छैन तर गाडी किन्ने माग अर्थ मन्त्रालयमा आइरहन्छन्, पहिला मैले भएका सरकारी गाडीको सूची मागेको छु । कति छन् नेपाल सरकारका गाडी चाहियो नि त’ मन्त्री शर्माले भन्नुभएको छ ।

सबै मन्त्रालय, संवैधानिक निकाय र विभागहरूबाट सवारी साधनको सूची माग गरिएको बताइएको छ । हाल सरकारसँग कति सवारी साधन छन् र कता कसले गुडाइरहेका छन् भन्ने तथ्यांक नरहेको मन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू