अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता

बिआरटीनेपाल २०७८ असोज ६ गते ६:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ ।यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ ।भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ । बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार सम्झौताबारे छलफल जारी रहेको बताइएको छ ।

युरोपियन युनियनबाट बाहिरिएको बेलायतले उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रियामा कुनै असर नपार्न पनि बाइडेनले चेतावनी दिनुभएको छ । बेलायती प्रधानमन्त्री जोन्सनले यसअघि आउँदो आम चुनावअघि अमेरिकासँग व्यापार सम्झौता हुनसक्ने कुरा खुलाउनु भएको थिएन । बाइडेन र जोन्सनबीच यसअघि जी सेभेन सम्मेलनको क्रममा प्रत्यक्ष भेटवार्ता भएको थियो। यस्तै यही वर्ष ग्लासगोमा हुने कोप २६ मा पनि दुई नेताबीच भेट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू