अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

राष्ट्रसंघ महासभामा आफ्ना राजदूतले सम्बोधन गर्न पाउनुपर्ने तालिवान सरकारको माग

बिआरटीनेपाल २०७८ असोज ५ गते २०:२० मा प्रकाशित

अफगानिस्तानको तालिवान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पाउनुपर्ने माग गरेको छ ।तालीवान सरकारका बिदेश मन्त्री आमिर खानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई पत्र लेख्दै राष्ट्रसंघका लागि हालै नियुक्त गरिएका अफगान राजदूत सुहैल शाहीनलाई महासभामा सम्बोधन गर्न दिन अपील गरेका हुन ।

राष्ट्रसंघले भने उनको पत्रकारे जवाफ दिएको छैन । अफगानिस्तानको सत्तामा तालिवान आएपछि राष्ट्रसंघका तत्कालिन राजदुत गुलाम एम इसाकजाईलाई हटाएर शाहिनलाई नियुक्त गरिएको थियो ।

उता महसभामा भने इसाकजाईको कुर्सी यथावत राखिएको छ । उनले नै सेप्टेम्बर २७ मा महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । महासभामा सामेल भएका अमेरिका, चीन र रुसका प्रतिनिधीहरुले तालीवानको प्रस्ताव अनुसार महासभामा उनीहरुले नियुक्त गरेका राजदूतको सहभागिताको संभावना न्युन रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू