अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

रुसमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

बिआरटीनेपाल २०७८ असोज ४ गते ८:५७ मा प्रकाशित

रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ ।मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ ।

हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको युनाइटेड रुस पार्टीले ४४ प्रतिशत मत हासिल गरिसकेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । रुसी बिपक्षी नेता एलेक्सी नाभाल्निका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि निर्वाचन आयोगका प्रमुखले भने चुनाव धाँधलीपुर्ण भएको भन्ने आरोपको खण्डन गर्दै यो बिपक्षी दलहरुको सुनियोचित प्रचार भएको प्रतिक्रिया दिएका छन् ।

रुसलाई बदनाम गर्न षडयन्त्रपुर्वक लगाइएको आरोप भएको उनको भनाई छ । मतदानमा रुसी जनताले ४ सय ५० सांसदका लागि मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू