अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

ट्रम्पका समर्थकले हुलदङ्गा मच्चाउने शङ्कामा अमेरिकी संसद बाहिरको सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०७८ असोज २ गते ७:५५ मा प्रकाशित

अमेरिकी संसद क्यापिटल हिल बाहिर हुलदङ्गा मच्चिने शङ्का गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आज संसद भवन अगाडि गर्ने प्रदर्शनका क्रममा हिंसा भड्किने पूर्व सूचना पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आजको प्रदर्शनलाई नै मध्यनजर गर्दै संसद भवन क्यापिटल हिल बाहिर सुरक्षाका लागि अस्थायी संरचना निर्माण गरिएको छ । चुनावमा धाँधली भएको भन्दै गएको जनवरी ६ तारिखमा ट्रम्प समर्थकले अमेरिकी इतिहासमै पहिलो पटक संसद भवनभित्र पसेर हिंसात्मक गतिविधि गरेका थिए ।

हिंसा मच्चाउने ६ सय जनालाई पक्राउ गरेर कयौँ व्यक्तिलाई प्रहरीले जेल चलान गरेको छ । पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै आज ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेका खबरमा उल्लेख छ । पहिलेकै अवस्था नदोहोरियोस् भनेर अस्थायी संरचना खडा गरिएको र नेशनल गार्डलाई पनि खटाइएको खबरमा उल्लेख छ । क्यापिटल पुलिसका प्रमुख टम म्याङ्गरले अभद्र र गैरकानुनी गतिविधि गर्ने छुट कसैलाई नभएको भन्दै संयमता अपनाउन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू