अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा जारी रहन्छ : त्रिवि

बिआरटीनेपाल २०७८ साउन १९ गते ८:१३ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा हुने जनाएको छ । पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा अहिले जारी छ ।

त्रिविको १९ महिनादेखि रोकिएको परीक्षा यसपटक बल्ल शुरु भएको हो । कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । त्यसैले निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहने उहाँले जानकारी दिनुभयो ।

स्नातकमा ३० हजार र स्नातकोत्तर तहका ४२ हजार परीक्षार्थी रहेका छन् । जसमा व्यवस्थापन संकायको एक विषय, विज्ञान र शिक्षाशास्त्रका दुई–दुई विषय बाँकी रहेका छन् । उक्त परीक्षा यही साउन २४ गते सकिदैछ ।

त्यसैगरी मानविकीतर्फ स्नातक ३ र ४ वर्षे कोर्सको परीक्षा साउन २९ गते सकिने नियन्त्रक जोशीले बताउनुभयो । वार्षिक प्रणालीअन्तर्गतका एलएलबी पहिलो र दोस्रो वर्षको परीक्षा भदौ ११ र २७ गतेबाट हुने तालिका छ । स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आगामी असोजभित्र गर्ने त्रिविले तयारी गरेको छ ।

प्रतिक्रिया