अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 12:23

नेपाली सांस्कृतिक केन्द्रको लागि सिटौला ब्रदर्सद्वारा $२६,५५५ डोनेसन प्राप्त

बिआरटीनेपाल २०७८ असार १२ गते ११:२७ मा प्रकाशित

कोलोराडोमा स्थापना हुन गइरहेको नेपाली सांस्कृतिक केन्द्रको लागि सिटौला ब्रदर्सबाट $26,555 (छब्बीस हजार पाँच सय पचपन्न डलर) प्राप्त भएको छ । सिटौला ब्रदर्सका अभिभावक तथा नेपाली घरका सल्लाहकार श्री टिका सिटौलाले केही दिन अघि लङ्मन्टस्थित कृष्ण सुवेदी तथा सुना सुवेदीज्यूको घरमा उहाँहरूको कान्छो छोरा रोशनको बर्तबन्ध कार्यक्रममा $१३,५५५ (तेह्र हजार पाँच सय पचपन्न डलर) को दोस्रो चेक नेपाली घरका अध्यक्ष लछुमन रानालाई हस्तान्तरण गर्नु भएको हो । स्मरण रहोस् कि उहाँले यसभन्दा अगाडी नै आफ्नो घरै बोलाएर $१३,००० (तेह्र हजार डलर) को पहिलो चेक संस्थाका अध्यक्ष लछुमन राना र महासचिव वसन्त लम्साललाई हस्तान्तरण गरिसक्नुभएको थियो ।

उक्त चेक हस्तान्तरण गर्दै टिका सिटौलाले भन्नुभयो कि हामीले अब छिटै यस्तै किसिमका हाम्रा सबै जसो सामाजिक र सांस्कृतिक रीतिरिवाजका कार्यहरू समुहगतरुपमा रमाइलो गरी तपाईँ हाम्रो आफ्नै सांस्कृतिक भवनमा गर्न पाइयोस् भनेर पनि आज यो बर्तबन्धको शुभ साइतमा यो चेक दिएको हो । आउनुहोस् तपाईँ हामी सबै मिलेर यो योजना पूरा गरौँ ।

कोलोराडोमा 2018 मा सम्पन्न भएको श्रीमद भागवत महापुराणको बेलामा सिटौला ब्रदर्सको तर्फबाट नेपाली भाषी समाजका चीर परिचित समाजसेवी तथा व्यवसायी प्रकाश सिटौलाले $२६,५५५ (छब्बीस हजार पाँच सय पचपन्न डलर) दान रकम प्रतिबद्ध गर्नुभएको थियो र अहिलेसम्म प्राप्त भइसकेको डोनेसन रकम मध्य यो सबैभन्दा धेरै रकम हो।

उक्त अवसरमा सिटौला परिवारलाई हार्दिक धन्यवाद दिँदै अध्यक्ष रानाले कोलोराडोको वेष्टमिनिस्टरमा रहेको प्रस्तावित नेपाली सांस्कृतिक केन्द्रको लागि प्रोपर्टीको जोनिङ परिवर्तन र अन्य प्राविधिक कामहरू मिलाउनको लागि प्रूफसिविल भन्ने इन्जिनियरिङ फर्मसँग सम्झौता भई काम अगाडी बढिरहेको र अहिले उक्त फर्म मार्फत प्रपर्टीको फ्ल्याटको लागि सर्भे गर्ने, पार्किङ स्पेस र ल्याण्ड्स्केपिङका ड्रविङहरु कोर्ने र सिटीको लागि अन्य आवश्यक डकुमेन्टहरू तयार पार्ने काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया