अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर बढ्दो

बिआरटीनेपाल २०७८ असार ५ गते ६:४८ मा प्रकाशित

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोनालाई जितेका छन् । यस्तै यो अवधिमा २ हजार ४ सय १ जनालाई संक्रमण भएको पुष्टि भएको छ । सात हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू