अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्त विजयी

बिआरटीनेपाल २०७८ जेठ १७ गते ९:१५ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कोलोराडो च्याप्टरको अध्यक्षमा आर सी पन्त विजयी भएका छन् । बर्तमान च्याप्टर अध्यक्ष तथा प्रत्याशी कुमार जङ्ग कार्कीलाई हराउँदै आर सि पन्त च्याप्टर अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले ३४९ र कार्किले २१२ मत ल्याएका छन ।

मे महिनाको २९ र ३० मा अनलाइन प्रविधिबाट भएको चुनावमा च्याप्टर उपाध्यक्षमा विष्णु प्रसाद पौडेल (३३० मत), सचिवमा शङ्कर गुरुङ (३६२ मत), सह-सचिवमा सञ्जय शाक्य (३२९ मत), कोषाध्यक्षमा दीपक सुनुवार (३८५ मत), महिला संयोजकमा दिलकुमारी श्रेष्ठ (३५९ मत), युवा संयोजकमा विप्लव गौली (२८८ मत) तथा सदस्यहरूमा सुशील दाहाल (३७० मत ), जीवन दाहाल (३५४ मत), निमा शेर्पा (३४८ मत) यसु गैरे (३३२ मत), सुमन के सी (३३१ मत), उदिप पोखरेल (३२४ मत) ले विजय हासिल गरेका छन् ।  विजयी उमेम्दवारलाई बिआरटिनेपाल डट कमको तर्फबाट बधाई तथा शुभकामना ! 

प्रतिक्रिया