अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

मातृत्वप्रति गर्व छ भन्दै ओलम्पियन टोरा ब्राइटले खिचाएको तस्वीरले मच्चायो हलचल

बिआरटीनेपाल २०७८ जेठ ४ गते ८:०० मा प्रकाशित

अष्ट्रेलियन ओलम्पियन टोरा ब्राइटले खिचाएको एक तस्वीरले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ ।अर्धनग्न अवस्थामा टाउकोले भुइँ टेक्दै आफ्नो दश महिनाको बच्चालाई स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो ।

अष्ट्रेलीयाली स्नो बोर्डिग आइकन ब्राइटले उक्त तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै लेखेकी छिन्, ‘मातृत्वप्रति गर्व छ’ ।मदर्स डेका दिन इन्स्टाग्राममा राखिएको उक्त तस्वीरबारे प्राप्त आलोचनाप्रति उनले आफ्ना आमा बाबुप्रति तिनका बच्चाको हेराई कस्तोरहेछ भन्ने बुझेको टिप्पणी गरेकी छिन् ।

ब्राइट अष्ट्रेलियामा निकै सम्मानित ओलम्पियन हुन्, जसले २०१० को भेनकुभर ओलम्पिकमा हाफपाइपमा स्वर्ण तथा सोचीमा रजत पदक पाएकी थिइन् । एक्स गेममा भने उनले दुई पटक स्वर्ण पाएकी छिन् । धेरैले उनको आँटप्रति सम्मान गरे पनि केहीले भने टपलेस तस्वीर राखेकामा उनलाई पागलको संज्ञा पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू