अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

एनआरएन अमेरिका कोलोराडो च्याप्टर अध्यक्ष उम्मेदवार आर सि पन्त टिमको कार्य योजना (Strategic Plan)

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:२६ मा प्रकाशित

कोलोराडो । संसारभर छरिएर रहेका नेपालीहरूको साझा सगठन – गैर आवासीय नेपाली सङ्घ यति बेला आसन्न निर्वाचनको सरगर्मीले तातेको छ ।

भर्खरै प्राप्त तथ्याङ्क अनुसार, २० हजार बढी सदस्य सङ्ख्या बनाएर सबैभन्दा ठुलो गैर आवासीय नेपाली सङ्गठन बन्न सफल अमेरिका यसबाट अछुतो बन्ने कुरै भएन । नेपालीहरूको बढी जनसङ्ख्या भएको राज्यमध्येको कोलोराडोमा चुनाव यस पटक निर्वाचनबाट टुङ्गो लगाउने भएको छ । यस अघि सदस्य सङ्ख्या बढेसँगै कार्यसमितिमा रहेर सेवा गर्ने धेरै आकाङ्क्षी देखिएपछि यस पटक निर्विरोध हुन नसकेको हो ।

मे महिनाको अन्तिम साता सम्पन्न हुन गइरहेको कोलोराडो च्याप्टर हाँक्न वर्तमान कार्यसमितिका अध्यक्ष कुमार जङ्ग कार्की र उपाध्यक्ष रामचन्द्र पन्त (आर.सी. पन्त) आ-आफ्ना समूह लिएर चुनावी मैदानमा देखा परेका छन् भने पन्त समूहका युवा संयोजक पदका उम्मेदवार निर्विरोध भैसकेका छन् ।

यसै परिप्रेक्ष्यमा आर.सी. पन्तले आफ्ना उम्मेदवार सदस्यहरूका परिचय सहितको फ्लायर र रणनीतिक कार्य योजना (Strategic Plan) पहिलो पल्ट यस ‘बिआरटी नेपाल डटकम’ मार्फत सार्वजनिक गरेका छ -‘नेपालीका लागि नेपाली’ र ‘एक पटकको नेपाली सँधैंको नेपाली’ भन्ने एनआरएनएको विश्वव्यापी नारालाई सफल बनाउन, एनआरएनएलाई विवादमुक्त र सेवामूलक बनाउन, सबैले हेर्दा देखिने र खोज्दा भेटिने अनि परिणामलाई अनुभव गर्न सकिने बनाउन अनि व्यक्तिगत वा संस्थागत सम्पूर्ण जिज्ञासाहरूको सही समाधान र सोको व्यवहारिक कार्यान्वयनको प्रतिबद्धताका साथ कोलोराडोमा निम्न युवाहरूको एक सशक्त, जुझारु र निष्पक्ष प्यानल बनाएर यस पटकको (२०२१-२०२३) कार्यकालका लागि उम्मेदवारी घोषणा गरी चुनावमा मैदानमा आएका छौँ ।’ पन्त समूहले फेसबुकमा आफ्ना धारणा प्रस्ट पार्दै भनेको छ – ‘आशा एवं विश्वास छ – यहाँहरूले च्याप्टरमा रही काम गर्ने सु-अवसर प्रदान गर्नु हुनेछ ।’

१. रामचन्द्र पन्त (720-412-7990) (उम्मेदवार -अध्यक्ष)
२. विष्णु प्रसाद पौडेल (303-250-6323)(उम्मेदवार – उपाध्यक्ष)
३. शङ्कर गुरुङ (720-939-6937) (उम्मेदवार – सचिव)
४. सञ्जय शाक्य (720-620-3107) (उम्मेदवार – सह-सचिव)
५. दीपक सुनुवार (720-662-8715) (उम्मेदवार – कोषाध्यक्ष)
६. दिलकुमारी श्रेष्ठ (720-345-9885) (उम्मेदवार – महिला संयोजक)
७. विप्लव गौली (720-273-0115) (उम्मेदवार – युवा संयोजक)
८. निमा शेर्पा (917-864-3974) (उम्मेदवार-सदस्य)
९. सुमन के.सी. (720-416-6506) (उम्मेदवार-सदस्य)
१०. जीवन दाहाल (316-249-9743) (उम्मेदवार-सदस्य)
११. सुशील दाहाल (720-891-9913) (उम्मेदवार-सदस्य)
१२. उदिप बाबु पोखरेल (720-767-8641) (उम्मेदवार-सदस्य)
१३. येशु गैरे (720-216-6800) (उम्मेदवार-सदस्य)

एनआरएन अमेरिका कोलोराडो च्याप्टरका आर सि पन्त टिमका कार्य योजना (Strategic Plan)

CLICK HERE FOR NRNA CO Chapter 2021-2023 Strategic Plan

प्रतिक्रिया