अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

भारतको दिल्लीमा कर्फ्यू

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:३४ मा प्रकाशित

दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको संख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो निर्णय गर्नुभएको हो ।

नयाँ नियम अनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् ।सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ ।

रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ ।दिल्लीमा हालसम्म ७ लाख ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५४० जनाको कोरानाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू