अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

कोलोराडोमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रको लागि व्यवसायी भट्टराई जोडीबाट एकमुष्ट $२५,१०१ प्राप्त

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:१६ मा प्रकाशित

कोलोराडोमा बन्न लागेको नेपाली सामुदायिक केन्द्रको लागि डोनेसन सङ्कलन अभियान दिन प्रतिदिन तीव्र गतिमा अगाडि बढिरहेको छ । यसै क्रममा कोलोराडो निवासी, अति सरल र सच्चा समाजसेवी तथा एक सफल युवा व्यवसायी जोडी श्री दिनेश भट्टराई तथा श्रीमती मञ्जु भट्टराईबाट एकमुष्ट $२५,१०१ (पच्चीस हजार एक सय एक डलर) प्राप्त भएको छ । कोलोराडो नेपाली सामुदायिक केन्द्रको लागि अहिलेसम्म प्राप्त डोनेसन रकम मध्ये यो रकम सवैभन्दा धेरै हो ।

अस्ती भएको एक अनौपचारिक भेटघाटमा भट्टराई दम्पतीले उक्त डोनेसन रकम नेपाली घरका अध्यक्ष लछुमन राना र महासचिव वसन्त लम्साललाई हस्तान्तरण गर्नुभएको हो। श्री दिनेश भट्टराई तथा श्रीमती मञ्जु भट्टराईले अमेरिकामा मात्रै होइन, नेपालमा समेत धेरै ठाउँमा सहयोग गर्दै आउनुभएको छ ।

डोनेसन रकम हस्तान्तरण गर्दै श्री दिनेश भट्टराईले भन्नुभयो हेर्नुस्, हामी सबै मेहनतमा विश्वास राख्छौँ, मेहनत गरे दुई छाक टार्न कसैलाई पनि दुख हुँदैन तर हामीले कहिल्यै पनि आफ्नो ठाउँ र समाजलाई बिर्सनु हुँदैन । हामी जहाँ रहेता पनि आफ्नो पहिचान हराउन दिनु हुन्न । आखिर एक दिन सबैले मर्नुपर्छ, मरेर लैजानु केही छैन, मरेपछि सम्झिने भनेको जीवनमा गरेका राम्रा कामहरूले नै हो ।

त्यसैले सुखदुख जे भएता पनि हामीले आफ्नो समाजको लागि केही गर्नुपर्छ भन्ने सोचेर हामीले सकेको सहयोग गर्ने गरेका छौँ । यसको साथै अन्य सबै साथीभाइ तथा इस्टभित्रलाई पनि जे जति सकिन्छ । सामाजिक काममा सहयोग गर्न अनुरोध गर्दछौँ भन्नुभयो । यसरी भट्टराई दम्पतीको सामाजिक उत्तरदायित्वको भावना र कर्तव्य बोधको उच्च सम्मान र प्रशंसा गर्दै अध्यक्ष रानाले सम्पूर्ण कोलोराडोबासी नेपाली भाषीको तर्फबाट उहाँहरूलाई हार्दिक धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू