अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

चलचित्र ‘प्रेमगन्ज’ मा तेज र बेनिशा

पवन भट्टराई २०७७ चैत २० गते ८:४१ मा प्रकाशित

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुनलागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकार छनौट भएका छन् । यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए ।

चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हमाल छनौट भएको बताइएको छ । मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्र जगतमा कार्य गर्दै आएकी कलाकार हुन । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।

यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार दिए । सेन विगत १५ वर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमाकार्य गर्दै आएका निर्देशक हुन । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मि भट्ट, पबन भट्टराई, सन्जोग रसाइली लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।

विगत २५ वर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा कामगर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू