अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

सम्झना पाण्डेको “थाहै नदिई तिमीलाई” बोलको अर्को गीत सार्वजनिक

बिआरटीनेपाल २०७७ चैत १७ गते ६:४१ मा प्रकाशित

लामो समय देखि कोलोराडोमा बसोबास गर्दै आएकी सम्झना पाण्डेले “थाहै नदिई तिमीलाई” बोलको अर्को गीत सार्वजनिक गरेकी छिन ।

कल्याण सिंहको सङ्गीत, डी. बि खनालको शब्द र दीक्षित पौडेलको सङ्गीत समायोजन रहेको यस रोमाञ्चकारी गीत उनले डेनभरको थ्रीडिबी स्टुडियोमा रेकर्ड गराएकी हुन । कोलोराडोको प्राकृतिक मनोरम दृश्य भित्र उनको आफ्नै अभिनय रहेको यस गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ ।

विकास रसाइलीले निर्देशक गरेको उक्त भिडियो लुसेन्ट फिल्म्स ले निर्माण गरेको हो । द भोईसको सिजन २ मा भाग लिएर चर्चा कमाएकी पाण्डेले यस अघि पनि “तमासा” “ढाक्यो मायाले” जस्ता चर्चित गीतहरू नेपाली सङ्गीत बजारमा ल्याइसकेकी छिन् । निकै मिलनसार र हँसमुख पाण्डेले हाल सङ्गीतको प्रशिक्षण समेत लिई रहेकी छन् । उनको साङ्गीतिक भविष्य उज्जल होस् बिआरटी नेपालको शुभकामना ।

प्रतिक्रिया