अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९ | Colorodo: 17:34

कोलोराडोबाट राज ढुङ्गानाको एनआरएन-अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारीको घोषणा

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:४७ मा प्रकाशित

सन २००३ देखी कोलोराडोमा बसोबास गर्दै आएका एनआरएन कोलोराड़ो च्याप्टरको निवर्तमान अध्यक्ष राज ढुङ्गानाले एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारीको घोषणा गरेका छन् ।

अमेरिकी नेपाली समाजमा अझ मूलतः कोलोराडो नेपाली समाजमा सीधा कुरा, स्पष्ट विचारका धनीको रूपमा ढुङ्गाना चिनिंछन । नेपालमा नै विद्यार्थी राजनीतिबाट खारिएका, चिनिएका यिनी जुझारु, ऊर्जाशील, कुशल संगठक र रणनीतिकार पनि हुन भन्ने कुरा कम्तीमा कोलोराड़ो समाजलाई राम्रोसँग थाहा छ । यस क्षमतालाई यिनी अहिलेलाई कम्तीमा अमेरिकाभर नेपाली समुदायको हित र सेवाको खातिर विस्तार गर्न चाहेको बिआरटी नेपाललाई बताउँछन् ।

आफू बसेको समाजलाई केही दिनुपर्छ भन्ने भावनाले ओतप्रोत भई उनले विगत एक दशक देखी सक्रियतापूर्वक विभिन्न स्थानीय सङ्घसंस्थामा निरन्तर संलग्न भई कोलोराडोको नेपाली घरको उपाध्यक्ष (२०१५-२०१७) र त्यसै गरी एनआरएन कोलोराड़ो च्याप्टरको निवर्तमान अध्यक्ष (२०१७-२०१९) को रूपमा सरलता अनि सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन् ।

उनी हाल एनआरएन हेल्प डेस्क म्यानेजमेन्ट कमिटीको को-चेअरको रूपमा कार्यरत छन् । कोलोराड़ोमा सामुदायिक केन्द्र हातेमालो गरेर अगाडी बढाउने, बनाउनुपर्छ भन्ने कुरामा पनि उनको महत्त्वपूर्ण भूमिका छ ।

उनी भन्छन्, एनआरएनको मेरुदण्ड भनेको च्याप्टरहरू हुन, त्यसैले च्याप्टरहरूको पिर मर्काको आवाज बुलन्द गर्ने, तीनलाई अझ वास्तविक रूपमै मज़बूत, सशक्त, गतिशील, समावेशी, जबाफदेही, सहभागितामूलक अनि पारदर्शी बनाउन आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने र यी माथिका कुराहरूलाई सम्बोधन गर्न सक्ने उम्मेदवार अनि नेतृत्व तहलाई आफ्नो साथ, सहयोग र समर्थन गर्ने मेरो उद्घोष र प्रतिबद्धता जाहेर गर्दछु ।

“एक पटकको नेपाली सधैँको नेपाली” भन्ने एनआरएनको मूल मन्त्रको सेरोफेरोको अधीनमा रही मातृभूमि र कर्मभूमि प्रतिको आफ्नो कर्तव्य, जिम्मेवारीको निर्वाह गर्दै मूलतः अमेरिका प्रवासमा रहनुहुने नेपाली समुदायको हित र सेवा प्रति जीत हार जे भए पनि सदा समर्पित रहने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।

त्यस कारण उनले सम्पूर्ण आदरणीय अग्रज, अनुज, एनआरएन अभियन्ता दाज़ुभाई दिदीबहिनीहरूमा आउँदै गरेको एनआरएन अमेरिकाको निर्वचनमा मलाई बोर्ड अफ डाइरेक्टरमा आफ्नो अमूल्य मत दी साथ, सहयोग, सद्भाव, समर्थनका साथ विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिँदै अनुरोध गरेका छन् । साथै आगामी दिनहरूमा सामाजिक सञ्जालमा विभिन्न माध्यमबाट उनी सम्पर्कमा आउनेछु साथे हजुरहरूका कुरा, जिज्ञासा सुन्नेछु, सुनाउनेछु भनेर भनेका छन् ।

त्यसै गरी कोलोराडोबाट अन्य दुई जनाले पनि बोर्ड अफ डाइरेक्टरमा आफ्नो उम्मेदवारी फेसबुक मार्फत घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया