अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

नेपाली सामुदायिक केन्द्र, कोलोराडाका महादानीहरूको नाम तथा फोटो

बिआरटीनेपाल २०७७ फागुन १९ गते ८:२१ मा प्रकाशित

कोलोराडोमा स्थापना गर्न लागिएको सम्पूर्ण नेपालीभाषीहरुको आफ्नै सामुदायिक भवन किन्नको लागि हालसम्म $१,००० (एक हजार डलर) वा सोभन्दा धेरै डोनेसन रकम जम्मा गरिसक्नुभएका अथवा नियमित डोनेसन प्रक्रिया (ACH) मा आबद्ध भई प्रतिबद्धता जाहेर गर्नुभएका सम्पूर्ण आदरणीय महान् चन्दादाताहरूमा हामी सम्पूर्ण कोलोराडोबासी नेपालीभाषीहरुको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै यो पहिलो लिस्ट सगौरव प्रकाशित गरेका छौँ ।

यो पहिलो लिस्टमा कुनै कारणवश छुट्नुभएका दानीमनहरु र अबदेखि नयाँ थपिने दानीहरूको लिस्ट नियमित रूपमा अपडेट गर्दै हामी क्रमशः प्रकाशित गर्दै जानेछौँ ।

हामीहरू जहाँ रहे पनि आफ्नो संस्कृति र पहिचान जोगाइ राख्नुपर्छ भन्ने मूल उद्देश्यका साथ स्थापना गर्न लागिएको यस नेपाली सांस्कृतिक केन्द्रको लागि कोलोराडोभित्र रहनुभएका नेपालीभाषीहरु मात्रै नभएर अरू स्टेट र विश्वका कुनै पनि ठाउँमा बस्नुहुने नेपालीभाषीहरुबाट समेत सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ ।

धन्यवाद !

नेपाली घर परिवार
कोलोराडो, USA

पहिलो लिस्ट 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू