अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

प्रस्तावित नेपाली सामुदायिक केन्द्र, कोलोराडोको प्रपर्टी स्थलको ड्राइभ-इन भ्रमण बारेमा सूचना

बिआरटीनेपाल २०७७ फागुन १३ गते ६:३४ मा प्रकाशित

आदरणीय सम्पूर्ण कोलोराडोबासी नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो दोस्रो पटकको ड्राइभ-इन भ्रमण तथा चन्दा सङ्कलन कार्यक्रम निम्न अनुसार हुने जानकारी गराउन चाहन्छौ:

मिति: फेब्रुअरी 28, 2021 आइतबार
समय: बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म
स्थान: 4001 W 76th Ave, Westminster, CO 80030

• यहाँहरु जो कोही पनि यदि तपाईँको व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य अनि परिस्थिति अनुकूल छ भने त्यस समय अवधिभित्र आफ्नो समयमा आएर प्रपर्टीको भ्रमण गर्न सक्नुहुनेछ।

• केही जिज्ञासा छन् भने उपस्थित स्वयंसेवकहरूसँग बुझ्न सक्नुहुनेछ।

• यदि डोनेसन गर्ने इच्छा छ भने धेरै थोरै जे जति सकिन्छ त्यति जम्मा गर्न सक्नुहुनेछ अथवा नियमित डोनेसन प्लान (ACH) मा इनरोल गर्नु सक्नुहुनेछ।

• यो प्रोग्राम कुनै भेला अथवा औपचारिक कार्यक्रम जस्तो हुने छैन । तपाइहरू पुरै समय बस्नुपर्ने हुँदैन । आफ्नो समयमा आउने र जाने गर्न सक्नुहुनेछ।

• कृपया मास्क र स्यानिटाइजरको व्यवस्था आफै गर्नुहोला। साथै प्रस्तावित भवनमा पानी बन्द गरिएको कारणले किचन र बाथरुम प्रयोग गर्न नमिल्ने कुराको जानकारी गराउन चाहन्छौ।

यो तपाई हामी सबैको साझा सम्पत्तिको लागि प्रयास हो, त्यसैले आउनुहोस् हामी सबै मिलेर यो प्रोपर्टी किन्ने अभियान सफल पारौँ । नेपाली भाषा, धर्म, साहित्य, कला र संस्कृतिको संरक्षण गर्दै हामी र हाम्रो सन्ततीहरुको पहिचान जोगाई राख्न मद्दत गरौँ ।

प्रतिक्रिया