अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

मनमीत

विप्लव प्रतीक २०७७ फागुन १० गते ९:०१ मा प्रकाशित

सबै फूलको चर्चामा मग्न रहे सहरमा
छेउमा हजुर आएको कसैले चालै पाएन
मैले देखेँ हजुरलाई कसैले पत्तै पाएन

कसैले बेली भने कसैले चमेली
कसैले गुराँस भने कसैले गुलाफ
सबै सुगन्ध लिनमै मस्त रहे सहरमा
छेउमा हजुर भएको कसैले चालै पाएन
मैले चिनेँ हजुरलाई कसैले पत्तै पाएन

कसैले आकाश भने कसैले धरती
कसैले इन्द्रेणी भने कसैले जुनेली
सबै उपमा दिनमै व्यस्त रहे सहरमा
छेउमा हजुर हिँडेको कसैले चालै पाएन
सुटुक्क छोएँ हजुरलाई कसैले पत्तै पाएन

प्रतिक्रिया