अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

अनेसास कोलोराडो शाखाको निर्वाचन सम्बन्धी जानकारी

बिआरटीनेपाल २०७७ फागुन ३ गते ९:५८ मा प्रकाशित

अनेसास आदरणीय सदस्य महानुभावहरू,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको वर्तमान कार्यसमितिको पदावधि पूरा हुन लागेकोले यस निर्वाचन समितिलाई अनेसास कोलोराडो शाखाको विधान, २०१२ (पहिलो संशोधन, २०२०) बमोजिम फेब्रुअरी २८, २०२१ भित्रमा नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरिएको ब्यहोरा जानकारी गराउँदछु । निर्वाचन समितिले यो निर्वाचन निष्पक्ष, धाँधलीरहित र तोकिएको समयमै सम्पन्न गर्ने विश्वास दिलाउन चाहन्छु । निर्वाचन समितिमा निम्न लिखित सदस्यहरू रहनुभएको छ ।

संयोजक – नवीन दत्त
सदस्य – भूषणलाल श्रेष्ठ
सदस्य – डा. संगीता श्रोत्रिय

निर्वाचन समितिले आगामी निर्वाचनको लागि निम्न बमोजिम निर्वाचन नियमावली, कार्यविधि र कार्य तालिका तयार पारेको छ ।

अनेसास कोलोराडो शाखाको निर्वाचन नियमावली, कार्यविधि र कार्य तालिका २०२१

उम्मेदवारी दर्ता गर्ने, फिर्ता लिने र दाबी विरोध गर्ने सम्बन्धमा:
१) अनेसास कोलोराडो शाखा कार्यसमितिको पदाधिकारीको उम्मेदवार हुन इच्छुक व्यक्तिहरूले inls_election_commitee_2021@googlegroups.com मा इमेल पठाई उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यो बाहेक अरू माध्यमबाट पठाइएको उम्मेदवारी मान्य हुने छैन । समूहमा इमेल पठाई दर्ता गरिएको उम्मेदवारी र तेस्रो व्यक्तिले दर्ता गरिदिएको उम्मेदवारी मान्य हुने छैन ।

२) फेब्रुअरी १४, २०२१ देखि फेब्रुअरी २०, २०२१ भित्रमा उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ ।
३) एउटा व्यक्तिले एउटा पदको लागि मात्र उम्मेदवारी दिन पाउने छ ।
४) निर्वाचन समितिले फेब्रुअरी २१ मा उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्नेछ ।

५) नामावली प्रकाशन भए पछि कुनै उम्मेदवारले माथि लेखिएको इमेल ठेगानामा फेब्रुअरी २४ भित्र इमेल पठाई आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछ ।

६) नामावली प्रकाशन भए पछि फेब्रुअरी २४ सम्म उम्मेदवारको उम्मेदवारीमा दाबी विरोध परेमा निर्वाचन समितिले छानबिन गरी निर्णय गर्नेछ ।
७) फेब्रुअरी २५ मा निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

उम्मेदवारको योग्यता सम्बन्धमा:
१) अध्यक्ष बाहेक अन्य पदहरूको लागि उम्मेदवार हुन कोलोराडोमा कम्तीमा ३ महिना अघि देखि बसोबास गर्दै आएको र कम्तीमा ३ महिना अघि देखि अनेसास कोलोराडो शाखाको आजीवन अथवा साधारण सदस्यता लिएको हुनुपर्ने छ ।

२) अध्यक्ष पदको उम्मेदवार हुन कोलोराडोमा कम्तीमा दुई वर्ष अघि देखि बसोबास गर्दै आएको र कम्तीमा दुई वर्ष अघि देखि अनेसास कोलोराडो शाखाको सदस्य भएको हुनुपर्नेछ । दुई पटक अध्यक्ष भइसकेको व्यक्तिले अध्यक्ष पदमा तेस्रो कार्यकालको लागि उम्मेदवारी दर्ता गर्न पाउने छैन ।

३) अनेसास कोलोराडो शाखाको विधान बमोजिम कुनै पनि पदमा उम्मेदवार हुन इच्छुक व्यक्तिले आफ्नो उम्मेदवारीको लागि इमेल पठाउँदा संयुक्त राज्य अमेरिकामा वैधानिक रूपमा बसोबास गर्दै आएको प्रमाण पनि पठाउनु पर्नेछ ।

४) कुनै पनि व्यक्तिको उम्मेदवारी सम्बन्धमा विवाद भएमा निर्वाचन समितिले उम्मेदवार हुन पाउने नपाउने कुराको छानबिन गरी अन्तिम निर्णय गर्नेछ ।

मतदाता सम्बन्धमा:
१) अनेसास कोलोराडो शाखाको सदस्यता लिएको कम्तीमा ३ महिना पुगेको र कम्तीमा ३ महिना अघि देखि कोलोराडोमा बसोबास गर्दै आएको हुनुपर्ने छ ।

२) निर्वाचन समितिले फेब्रुअरी १४, २०२१ मा अनेसास कोलोराडो शाखाले प्रदान गरे बमोजिम मतदाता नामावली सार्वजनिक रूपमा प्रकाशित गर्नेछ र त्यो नामावली मतदाताको व्यक्तिगत इमेलमा पनि पठाउनेछ ।

३) यदि कुनै मतदाताले सार्वजनिक रूपमा प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम छुटेको पाएमा अथवा निर्वाचन समितिको इमेलहरू आफ्नो व्यक्तिगत इमेलमा नपाएको खण्डमा निर्वाचन समितिलाई inls_election_commitee_2021@googlegroups.com इमेल ठेगानामा फेब्रुअरी २१ भित्र इमेल गरी त्यसको जानकारी गराउनुपर्ने छ । तोकिएको समय पछि प्राप्त भएका इमेलहरू माथि सुनुवाइ गर्न निर्वाचन समिति बाध्य हुनेछैन ।

४) मतदाता नामावली सम्बन्धी कुनै पनि प्रकारको विवाद भएमा निर्वाचन समितिले छानबिन गरी अन्तिम निर्णय गर्नेछ ।

निर्वाचन कार्यविधि:
१) निर्वाचन समितिले तोकेको कार्य तालिका अनुसार निर्वाचन सम्पन्न हुनेछ ।

२) अनेसास, कोलोराडो शाखाको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र बढीमा ४ जना सदस्य पदहरूको निमित्त निर्वाचन हुनेछ ।

३) यदि अध्यक्ष, महासचिव र कोषाध्यक्ष मध्ये कुनै एक पदको लागि उम्मेदवारी नपरेको खण्डमा उम्मेदवारी परेको सबै पदहरूमा यसै कार्य तालिका अनुसार निर्वाचन सम्पन्न गरी बाँकी रहेका पदहरूको लागि दोस्रो पटक निर्वाचन गरिनेछ ।

४) निर्वाचन समितले योग्य प्रमाणित भएका उम्मेदवारहरुबीच मात्र निर्वाचन गरिनेछ ।

५) कुनै पनि पदको लागि एक भन्दा बढी योग्य उम्मेदवारबाट उम्मेदवारी प्राप्त भएमा फेब्रुअरी २७ मा मतदान हुनेछ र सो सम्बन्धी विस्तृत जानकारी फेब्रुअरी २५ मा प्रकाशित गरिनेछ ।

६) मतदान मतदाताहरूको इमेल ठेगाना प्रयोग गरी अनलाइनबाट हुनेछ ।

७) मतदाताको आधिकारिक इमेल ठेगाना बाहेक अन्य माध्यमबाट आएका मतको कुनै मान्यता हुने छैन ।

८) मतदाताहरूको आधिकारिक इमेल ठेगानाको प्रमाणीकरण सम्बन्धी निर्णय निर्वाचन समितिले गर्नेछ ।

९) सामान्य बहुमत प्राप्त उम्मेदवार विजयी घोषित हुनेछन् । यदि कुनै पनि पदको निमित्त उम्मेदवारहरूले बराबर मत प्राप्त गरेमा निर्वाचन समितिको निगरानीमा गोला प्रथाबाट विजेता चुनिने छ ।

१०) विजयी उम्मेदवारहरूको नामावली फेब्रुअरी २८ मा घोषणा हुनेछ ।

धन्यवाद,

नवीन दत्त
संयोजक
निर्वाचन समिति २०२१
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा
Email: inls_election_commitee_2021@googlegroups.com
मिति: १४, फेब्रुअरी २०२१

 

प्रतिक्रिया