अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

प्रचण्ड – नेपाल पक्षद्धारा संसद् बिघटनबिरुद्ध थप आन्दोलनको घोषणा

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:०२ मा प्रकाशित

नेकपाको प्रचण्ड – नेपाल पक्षले थप आन्दोलनको घोषणा गरेको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड – नेपाल पक्ष आन्दोलनमा छ । यो पक्षले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो । काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै समुहले थप आन्दोलनका कार्यक्रम ल्याएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रतिनिधि सभा विघटन सच्याउन थप आन्दोलन गर्न लागिएको छ । संवैधानिक निकायमा गरिएका नियुक्ति खारेज गर्न पनि आन्दोलन गर्नु परेको उहाँले बताउनुभयो । फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने , फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको नेकपाको यो समुहले बताएको छ ।

फागुन ७ मा सबै वडामा विरोध गर्ने पनि जानकारी उहाँले जानकारी दिनुभयो । यस्तै, फागुन ७ देखि १५ गते सम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम पनि यो समुहले राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू