अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

कोरोनाको खोपले महिलाका प्रजनन् क्षमतामा प्रभाव नपार्ने विज्ञको भनाइ

बिआरटीनेपाल २०७७ फागुन १ गते ७:०६ मा प्रकाशित

कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिला प्रजनन् क्षमतामा कुनै प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् । सामाजिक सञ्जालहरुमा कोरोनाको खोप लगाउँदा महिलाको प्रजनन् क्षमतामा असर गर्ने दाबी गर्ने पोष्टहरु आइरहेका बेला विज्ञहरुले भने त्यस्तो कुनै असर फेला नपरेको जनाएका हुन् । फाइजरको खोपले प्रजनन् क्षमतामा असर पार्ने र बाँझोपन हुने सक्ने दाबी गर्दै नकारात्मक सन्देशहरु सामाजिक सन्जालमा पोष्ट भएका थिए ।

बेलायतको किंग्स कलेजकी प्राध्यापक लुसी चापेलले जैविक रुपमा महिलाको प्रजनन् क्षमतामा खोपले असर गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अरु भाइरसविरुद्धका खोपले पनि प्रजनन् क्षमता कुनै असर नपारेको, पूर्ण सुरक्षित रहेको र गर्भावस्थामा समयमा पनि प्रयोगका लागि सिफारिस भइरहेको बताउनुभयो ।

गर्भावस्थाको स्वास्थ्यसम्बन्धी विज्ञ रहेकी च्यापेलले प्रजनन् र कोरोना खोपको सम्बन्धबारे चासो राख्नु पर्ने विषय नभएको जनाउनुभयो ।कोरानाविरुद्धको खोप अभियान चलिरहँदा खोपबारे गलत र भ्रमपूर्ण अफवाहहरु फैलिएका छन् । तर विज्ञहरुले भने यस्ता अफवाहको पछि लाग्न नहुने भन्दै कोरोना महामारी नियन्त्रणका लागि खोप नै उत्तम विकल्प रहेकोमा जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू