अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

अमेरिकाको टेक्सासमा एकैसाथ सय बढी गाडी दुर्घटना, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:२४ मा प्रकाशित

अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा एउटा अचम्मको सडक दुर्घटना भएको छ। बिहीबार बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन्। दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए।

बरफका कारण सडक चिप्लो भएका कारणले दुर्घटना भएको हुन सक्ने बताइएको छ। फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडिओमा एउटा गाडीमाथि अर्को गाडी चढेको देखिएको छ।

दुर्घटनामा परी घाइते भएका ३६ जनालाई अस्पताल लगिएको छ तीमध्ये ३ जनाको अवस्था गम्भीर छ। ६५ जनालाई सामान्य उपचार गरिएको छ।फायर डिपार्टमेन्टका एक जना प्रवक्ताले खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक गाडीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजिएको बताएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू