अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

एफए कपमा एभर्टनले टोटनह्यामलाई हरायो

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:३१ मा प्रकाशित

टोटनह्याम हट्सपरलाई ५–४ ले पराजित गर्दै एभर्टन एफ.ए कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनका लागि बर्नार्डले अतिरिक्त समयमा निर्णयक गोल गरे ।यसअघि निर्धारित ९० मिनेटमा दुबै तर्फबाट ४–४ गोल भएको थियो । एभर्टनका रिचार्लीसनले २ गोल गर्दा डोमिनिक काल्भर्ट लेविन र जिल्फी सिगुर्डसनले एक एक गोल गरेका थिए ।

यसैगरी टोटनह्यामका लागि डेभिन्सन सान्चेजले दुई गोल गर्दा ह्यारी केन र एरिक लामेलाले एक एक गोल थपे ।एफ.ए कपकै अर्को खेलमा स्वान्सी सिटीलाई ३–१ ले हराउँदै म्यान्चेस्टर सिटी पनि क्वाटरफाईनलमा पुगेको छ ।

खेलमा म्यान सिटीलाई विजयी गराउन कायल वाल्कर, राहिम स्टर्लीङ र ग्याब्रियल जिससले एक एक गोल गरे ।स्वान्सी सिटीका ह्वीटेकरले एक गोल फर्काए । गएरातिका खेलहरुमा ब्राइटनलाई १–० ले हराउँदै लेष्टर सिटी तथा ब्रिस्टोल सिटीलाई १–० ले हराउँदै शेफिल्ड युनाईटेड पनि क्वाटरफाईनलमा पुगेका छन् ।

एफ.ए कप फुटबलमा आज राती चेल्सी र बार्न्स्ले तथा वुल्भरह्याम्पटन वान्डरर्स र साउथह्याम्पटन भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू