अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

कोपा डेल रे मा बार्सिलोना पराजित

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:२९ मा प्रकाशित

स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा सेभियाले बार्सिलोनालाई हराएको छ ।सेभियाको मैदानमा गएराति भएको खेलमा भ्रमणकारी टोली बार्सिलोना २–० ले पराजित भयो सेभियाको जितमा हुलेस कुन्डे र इभाँ राकिटिचले १,१ गोल गरे । जितसँगै सेभियाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

मार्च ४ मा हुने दोस्रो लेगको खेलअघि बार्सिलोना भने दबाबमा आएको छ । किङ्स कप पनि भनेर चिनिने कोपा डेल रे फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राति एथ्लेटिक बिल्बाओ र लेभान्ते भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू