अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

बायर्न म्युनिख विश्वकप फुटबलको फाईनलमा

बिआरटीनेपाल २०७७ माघ २७ गते ६:५९ मा प्रकाशित

जर्मन फुटबल क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।कतारमा जारी प्रतियोगिताको सेमिफाईनलमा इजिप्टको अल आहली फुटबल क्लबलाई २–० ले हराउँदै बायर्न फाईनलमा पुगेको हो ।

खेलमा बायर्न म्युनिखलाई विजयी गराउन पोल्याण्डका खेलाडी रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। जितसँगै बायर्न म्युनिखले मेक्सिकोको टिग्रेस विरुद्धको उपाधि भिडन्त तय गरेको छ । पहिलो सेमिफाईनल खेलमा ब्राजिलको पाल्मेरासलाई हराउँदै टिग्रेस फाईनलमा पुगेको थियो । फिफा क्लब विश्वकपको फाईनलमा पुग्ने टिग्रेस पहिलो मेक्सिकन फुटबल क्लब हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू