अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

१८ वर्षपछि पाकिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला

बिआरटीनेपाल २०७७ माघ २६ गते ७:०५ मा प्रकाशित

दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । दोस्रो टेस्ट ९५ रनले जितेसँगै पाकिस्तानले शृङ्खला दुई–शून्यले क्लिन स्वीप गरेको हो । रावलपिण्डीमा तीन सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौ दिन दुई सय ७४ रन बनाउँदै अलआउट भयो । उसका एदिम माक्ररमले एक सय आठ रन बनाए । पाकिस्तानका हसन अलिले पाँच र शाहिन अफ्रिदीले चार विकेट लिए ।

पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको हो । सन् २००३ यता पाकिस्तानले दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्न सकेको थिएन । यी दुई देशबीच आउँदो बिहीवारदेखि तीन खेलको टी–२० शृङ्खला सुरु हुँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू