अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत आज भएको खेलमा एपीएफको जित

बिआरटीनेपाल २०७७ माघ २६ गते ७:०० मा प्रकाशित

राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत आज भएको खेलमा एपीएफ क्लबले जितेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४ – ० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक सहित ८ गोल गर्नुभयो ।

यस्तै अनिता बस्नेत र अनिता केसीले समान २ / २ गोल गर्नुभयो । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक/ एक गोल रह्यो । प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डी विरुद्ध एपीएफले दुबै हाफमा समान ७ ÷ ७ गोल ग¥यो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू