अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

त्रिकोणात्मक श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीद्धारा अभ्यास सुरु

बिआरटीनेपाल २०७७ माघ २६ गते ६:५६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक चरणमा २१ खेलाडीलाई समावेश गरेर अभ्यास गराइरहनुभएको छ ।

एक साताअघि सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा नेपाल क्रिकेट संघ (क्यान)ले ३२ नाम सार्वजनिक गरे पनि सुरुआती चरणमा २१ खेलाडी बोलाएर प्रारम्भिक अभ्यास थालेको हो ।आगामी मार्च महिनामा ओमान, अमेरिका र नेपालले त्रिकोणात्मक श्रृङ्खला खेल्दै छन ।

ओमानमा हुने श्रृङ्खलालाई लक्षित गरेर सुरुआती चरणमा प्रारम्भिक टोलीलाई अभ्यासमा थालेको नव नियुक्त प्रशिक्षक डेभ वाटमोरले बताउनुभयो ।

घोषणा भएका ३२ खेलाडी मध्येका शरद भेषवाकार, अभिनास बोहोरा, आरिफ शेख, दीपेन्द्र सिंए ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल केही दिनपछि जोडिने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू