अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

प्रिमियर लिगमा म्यान्चेस्टर र एभर्टनले ३/ ३ गोलको बराबरी खेले

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:३१ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३/३ गोलको बराबरी खेलेका छन् ।म्यान्चेस्टर युनाईटेडको मैदानमा गएराति भएको खेलमा घरेलु टोलीका लागि एडिन्सन काभानी, ब्रुनो फर्नान्डेज र स्कट म्याक्टोमेनीले एक एक गोल गरे ।

एभर्टनका डोकोरे, हामेज रोड्रिग्वेज र डोमिनिक काल्भर्ट लेविनले एक एक गोल फर्काए । काल्भर्ट लेविनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुगेको हो ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले आर्सनललाई १–० ले हरायो । खेलमा एस्टन भिल्लालाई विजयी गराउन ओली वाट्कीन्सले दोस्रो मिनेटमा गरेको गोल नैं निर्णायक बन्यो । प्रिमियर लिगकै अन्य खेलहरुमा न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ३–२ ले हराउँदा बर्न्ले र ब्राइटनले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू