अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

स्पेनिस लिग फुटबलमा रियाल मड्रिड विजयी

बिआरटीनेपाल २०७७ माघ २५ गते ७:२१ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले हुएस्कालाई पराजित गरेको छ ।गएराति हुएस्काको मैदानमा भएको खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै रियाल मड्रिड २–१ ले विजयी भएको हो ।खेलमा हुएस्काका जाभीले पहिलो गोल गरे । तर रियालका राफायल भारानले २ गोल गर्दै टोलीलाई विजयी गराए ।

जितसंगै रियाल मड्रिड ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियालले २१ खेलबाट ४३ अंक जोडेको छ ।१९ खेलबाट ५० अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा रहेको छ । २१ खेलबाट ४२ अंक जोडेको सेभिया तेस्रो स्थानमा छ भने चोथो स्थानको बार्सिलोनाले २० खेलबाट ४० अंक जोडेको छ।

ला लिगाका अन्य खेलहरुमा गएराति सेभियाले गेटाफेलाई ३–० ले हराउँदा लेभान्ते र ग्रानाडा तथा एल्चे र भियारियालले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू