अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

आइपिएल अक्सनमा सन्दीपसँगै ८ नेपाली खेलाडी

बिआरटीनेपाल २०७७ माघ २४ गते ७:०६ मा प्रकाशित

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी—ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् । अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र शरद भेषवाकर रहेका छन् ।

यस्तै दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा अक्सनमा रहेको क्यानले जनाएको छ । सन्दीपले यस अघिका तीन सिजन आईपीएल खेलिसकेका छन् ।दिल्ली क्यापिटल्सले सन्दीपलाई हालै रिलिज गरेको थियो । अन्य खेलाडीले आईपीएल खेलेका छैनन् ।

आगामी सिजनको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् । आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू