अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

राष्ट्रिय क्लब च्याम्पियनसीप भलिबलको तयारी पूरा, २७ गतेदेखि सुरु

बिआरटीनेपाल २०७७ माघ २४ गते ७:०५ मा प्रकाशित

पोखरामा हुने राष्ट्रिय क्लब च्याम्पियनसीप महिला र पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशको सहभागिता रहने आयोजक टाइगर गु्रप अफ पोखराले जनाएको छ ।

यस्तै, महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यू डायमण्डको सहभागिता रहनेछ । प्रतियोगिता माघ २७ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू