अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

बुन्डेस लिगामा बायर्न म्युनिखको साँघुरो जित

बिआरटीनेपाल २०७७ माघ २४ गते ६:५१ मा प्रकाशित

जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।गएराति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १–० ले पराजित गरेको हो । बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि १२ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए ।हेर्थाविरुद्धको जितसंगै बायर्नले लिगमा १० अंकको अग्रता बनाएको छ । बायर्नले २० खेलमा ४८ अंक जोडेको छ ।दोस्रो स्थानको आरबी लाइपजिगको ३८ अंक रहेको छ । हेर्था १७ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू