अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

चेल्सीद्धारा टोटनह्याम पराजित

बिआरटीनेपाल २०७७ माघ २३ गते ७:३४ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा चेल्सी १–० विजयी भयो । खेलको २४ औं मिनेटमा जर्गीनोले पेनाल्टीमार्फत गरेको गोल नैं चेल्सीलाई विजयी बनाउन पर्याप्त रह्यो । जितसँगै चेल्सी २२ खेलबाट ३६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट ३८ अंक जोडेको वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा छ । प्रिमियर लिगका २१ खेलबाट ४७ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ४४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको लेष्टर सिटीको ४२ अंक छ भने ४० अंकका साथ साविक विजेता लिभरपुल चौथो स्थानमा रहेको छ ।

1277420602

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू