अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपाल सहभागी हुने

बिआरटीनेपाल २०७७ माघ २० गते ७:२७ मा प्रकाशित

यस वर्ष चीनमा हुन लागेको एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टिम सहभागी हुने भएको छ । आगामी अगष्ट २८ देखि शुरु हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने निश्चित भएको हो ।

संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले नेपाली टोलीले प्रतियोगितामा सहभागी हुने पक्का भएको जानकारी दिनुभयो । उहाँले यो नेपालको लागि खुशीको विषय भएको समेत बताउनुभयो ।

यसअघि संघको बैठकले नेपाली महिला भलिबल टिमलाई एसियन च्याम्पियनसिप खेल्न पठाउने निर्णय गरेको छ । च्याम्पियनसिपमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्सिपमा आयोजक चीनसहित १० राष्ट्र छनोट भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू