अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

कोपा इटालिया सेमिफाइनल – इन्टर मिलान र युभेन्टस भिड्दै

बिआरटीनेपाल २०७७ माघ २० गते ७:२६ मा प्रकाशित

कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ। पहिलो सेमिफाइनलमा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी युभेन्ट्स र इन्टर मिलान आमनेसामने हुँदैछन्। यी दुईबीचको खेल राति साढे १ बजे सुरु हुनेछ।

दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छन्। यो सिजन निकै लयमा रहेको इन्टर सिरी ‘ए’ फुटबलमा पनि दोस्रो स्थानमा रहेको छ। युभेन्ट्स लिगको चौथो स्थानमा छ।यी दुई टिमबीचको विजेताले फाइनलमा नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ। नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनल खेल भोलि राति हुनेछ।

जनवरी १८ मा भएको सिरिएअन्तर्गत भएको खेलमा भने इन्टरले युभेन्टसलाई २–० ले पाखा लगाएको थियो। आजको खेलमा युभेन्टस इन्टर मिलानलाई हराएर हारको बदला लिन चाहन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू