अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

नेपाली क्रिकेट टिमको कतार भ्रमण स्थगित

बिआरटीनेपाल २०७७ माघ १९ गते ७:३५ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण स्थगित भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाल र कतारबीचको सिरिज स्थगित भएको जनाएको छ । नेपालले कतारसँग कतार स्पोर्ट्स डेको अवसरमा बाइल्याट्रल टी ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो ।

सिरिज फेब्रुअरी ९ देखि १२ सम्म हुने तालिका रहेको थियो । तर, कोरोनाको महामारी बढेसंगै कतार सरकारले स्पोर्ट्स डे स्थगित गरेपछि नेपालको कतार भ्रमण स्थगित भएको हो । क्यानले अब टिमको प्रशिक्षण समेत अर्को सूचना नआएसम्मको लागि स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू